‘गण्डकी सरकारले प्रेसमा अंकुश लगाउदैन, विधेयक परिमार्जन हुन्छ’

  • ख-
  • ख+

बन्दीपुर: गण्डकी प्रदेश सरकारले प्रेसमा अंकुश लगाउने गरी आलोचित भएको सञ्चार विधेयक परिमार्जन हुने बताएको छ ।


सरकारका एक उच्च अधिकारीले यस अघि नै सरकारले प्रक्रियामा लागेकाले छलफल गराएर परिमार्जन गर्ने उद्देश्यले नै अहिले विधेयक पेस भएको बताए ।

तनहुँको बन्दीपुर ढाबमा आयोजित एक सञ्चार प्रशिक्षण कार्यक्रममा बोल्दै प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले लोकतन्त्रका लागि लडेका मुख्यमन्त्रीले यसलाई संकुचित गर्ने गरी विधेयक पारित नगर्ने बताए  ।


‘ मुख्यमंत्री चाहेर पनि सञ्चार क्षेत्रलाई अंकुश लगाउन मिल्दैन, ‘ उनले भने,’ अघि आइसकेको विषय टुंग्याउनुपर्छ  भन्ने उद्देश्य हो । यसलाई परिमार्जन गर्ने पक्षमा उहाँ हुनुहुन्छ ।’  उनले प्रेसलाई अंकुश गर्ने कुनै  उद्देश्य सरकारको नभएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी