बन्दीपुर नेकपा बैठकमा विप्लवको राजनैतिक प्रस्तावमाथि छलफल

  • ख-
  • ख+

दमौलीः नेक्रविक्रम चन्द विप्ल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दीपुरमा जारी ११ औं पूर्ण बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनैतिक दस्तावेज प्रस्तुत गरेका छन् ।


पार्टी भूमिगत भएयता आयोजना गरिएको बैठकमा विप्लवसँगै स्थायी समितिका सदस्य नेताहरु खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बाँस्तोला, सन्तोष बुढा, हेमन्तप्रकाश ओलीलगायत अधिकांश छन् ।

७० मध्ये ६७ केन्द्रीय कमिटी सदस्य सहभागी बैठक आगामी मंगलबारसम्म चल्ने पार्टीका तनहुँ ईञ्चार्ज पूर्णजीत पुन उभारले दमौली न्यूजलाईजानकारी दिए ।

बैठकमा विप्लवले राजनैतिक प्रस्ताव प्रस्तुत गरेका छन् । पहिलो दिन आ आफ्नो क्षेत्रबाट रिपोर्टिङ लिएका विप्लवले आफ्नो प्रस्तावमाथि आएका टिप्पणी पछि सम्बोधन गर्नेछन् ।


बन्दीपुर माउण्टेन रिसोर्टमा जारी बैठकमा पार्टी नेताहरुले मेसको खाना खाइरहेका छन् । बैठक रिसोर्टमा भए पनि बसोबास भने आसपासका घर र होटलहरुमा गरिएको दाबी नेताहरुको छ ।

बैठकमा नेताहरुलाई फोन लैजान र बन्द सत्रमा तस्बिर खिच्न समेत प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धित भएर खुला राजनीतिमा आए पछि यो पार्टीको पहिलो बैठक भएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी