मुसेखोलाबाट बुल्दीमा ट्रक खस्यो, चालकको मृत्यु

  • ख-
  • ख+

दमौली: व्यास १२ मुसेखोला स्थित पृथ्वी राजमार्गमा ट्रक खस्दा चालकको घटनास्थलमा ज्यान गएको छ ।

गए राती भएको दुर्घटनामा डुम्रेबाट दमौली तर्फ आउदै गरेको  ना ७ ख ९२३७ नम्बरको ट्रक  सडक देखी १० मिटर तल बुलदी खोलामा पल्टदा  घटनास्थलमा नै  चालकको ज्यान गएको प्रहरीले जनाएको छ।

करिब २८ वर्षका उनको हाल नाम थर वतन खुलिसकेको छैन ।
मृतकको शव दमौलीअस्पतालको शव गृहमा राखिएको छ । घटनामा घाइते ट्रकमा सवार नवलपरासी कावास्वती निवासी १४ वर्षका राजकुमार विक घाइते छन् ।

रत्नहरी अस्पतालमा उपचाररत उनको  दुवै खुट्ट र बाँया  हातको कुइनोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
राती करिब 12 बजे भएको घटनामा तत्काल उद्धार प्रयास भए पनि खोलामा नै ट्रक खस्दा कठिनाई भएको थियो। तीन घण्टामा बल्ल मृतकको शव निकाल्न सकिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी