
दुलेगौँडा: लामो अड्कलबाजी र अन्यौलकाबीच शुक्लागण्डकी ८ को नेपाली कांग्रेस वडा समितिको घोषणा गरिएको छ ।
बुधबार नेताहरु बीच भएको सहमति अनुसार वीपिन्द्र सेन ठकुरीलाई सभापतिमा सर्वसम्मत निर्वाचित घोषणा गरिएको छ ।
वडाको ३७ जना क्षेत्रीय प्रतिनिधि समेत सर्वसम्मत घोषणा गरिएको पार्टी वडाका निवर्तमान सभापति कृष्ण रेग्मीले बताए ।


वडा अधिवेशनका क्रममा कागजात लिएर सभापति आकांक्षी हिँडेपछि स्थगित अधिवेशन सर्वसम्मत टुंग्याउन नेताहरु लागेका थिए ।