
दमौलीः घर जलेका व्यास ७ का दुई परिवारलाई तीन दोभान समाज युकेले सहयोग गरेको छ । समाजले दुई घर परिवारलाई दुई लाख ८६ हजार चार सय ३७ रुपैया सहयोग प्रदान गरेको हो ।
गत चैतमा लाईन सर्ट हुँदा स्थानीय दिलविक्रम र गोर्कना परियारको घर जलेर क्षतिग्रस्त भएको थियो ।
घटनायता छिमेकीको घरमा आश्रय लिएर बसेका परिवारलाई युकेमा विभिन्न व्यवसाय तथा रोजगारीमा संलग्न युवाहरुले जुटाएको रकम सहयोग गरिएको समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले बताए । ‘महामारीले रकम चाँडै संकलन गर्न सकिएन,’ उनले भने,‘तर पनि परिवारलााई केही राहत हुने आशा छ ।’
पीडितलाई हस्तान्तरण गदै सीटीईभीटी पोखराका प्रमुख हर्कलाल श्रेष्ठले गाउँका युवाहरुले विदेशमा बसेर आफनो ठाँउमा सहयोेग गर्ने भावनाको विकास रहेको बताए ।
वडा सदस्य युवराज गुरुङले विदेशमा रहेका युवाहरुले गाउँप्रति माया ममता देखाएको भन्दै खुशी प्रकट गरे । स्थानीय मनबहादुर गुरुङले महामारीको बेलामा पनि सहयोग पाएको भन्दै खुशी प्रकट गरे । व्यवसायी हर्कमान श्रेष्ठ, पदमबहादुर गुरुङ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।