एपेक्स मल सञ्चालनमा आउँदै, क्युएफएक्सका दुई हल पनि चलाउने तयारी (भिडिओ)

  • ख-
  • ख+

दमौलीः दमौली र आसपासकै पहिलो मल्टिप्लेक्स हलसहितको एपेक्स मल सञ्चालनमा आउने भएको छ । मलको सञ्चालक संस्था एपेक्ल मल्टिप्लेक्स प्रालिले बहुद्देश्यीय ब्राण्डका शोरुमसहित मल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।


४५ स्टल रहेको मलमा ब्राण्डेड स्वदेशी तथा विदेशी कपडाका अलावा ईलेक्ट्रोनिक्स ब्राण्ड सञ्चालनमा ल्याउने तयारी गरिएको मलका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।


अहिलेसम्म १५ प्रतिशत स्टल बुकिङ भैसकेको मलले बाँकी पनि बुकिङ खुला गरिएको बताएको छ । मलमा क्युएफएक्सका दुईवटा फिल्म हल रहनेछन् । कम्पनीले सटर बुकिङ गर्नेमध्ये एकलाई स्कुटर उपहार दिइने बताएको छ ।

प्रशासनबाट अनुमति आएका दुईवटै हल सञ्चालनमा ल्याउने तयारी मलको छ । ‘दशैंअघि नै हल चलाउने योजना छ,’ प्रबन्ध क्युएफएक्सका सुशिल श्रेष्ठले भने ।

तीन महिना भाडा नलाग्ने
मलले कोभिडका कारण व्यवसाय धराशायी भएको भन्दै शुरुको तीन महिना भाडा नलिने र ४० प्रतिशतसम्म छुट दिइने जानकारी दिएको छ । मलका व्यापार प्रमुख सुशिल न्यौपानेले यस आसपासकै पहिलो मल्टिप्लेक्स भएको र मानिसको खरिद गर्ने संस्कृति पनि फरक भएकाले मलमा व्यापार व्यवसायकाृे सम्भावना रहेको बताए ।

व्यस्त पर्यटकीय राजमार्गमा पर्ने र यस हलमा दशक समेत बाहिरबाट आउने भएकाले व्यापारको सम्भावना रहेको उनले बताए ।

मलका व्यापार व्यवस्थापक शिवराम गिरीले मलमा स्टलका लागि चर्चित ब्राण्डसँग कुरा भैरहेको भन्दै मल दमौली र आसपासमै उत्कृष्ट व्यापारिक थलो बन्ने दाबी गरे ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्