
दमौलीः ऋषिङ गाउँपालिका–८ पल्ट्याङ निवासी दुवै मिर्गौला फेल भएका ३६ बर्षीय खिमबहादुर नेपालीलाई उपचारको लागि साउदीबाट एक लाख बढी आर्थिक सहयोग जुटेको छ ।
ऋषिङ–८ निवासी हाल साउदीमा कार्यरत रामबहादुर नेपालीको सक्रियतामा साउदी स्थित अल्मराई कम्पनीमा कार्यरत,अलसफी र अलनाडामा कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका हुन् ।
साउदीबाट पठाइएको रु.एक लाख सात हजार ७५० नगद र ५५ हजार नेपाल बैक लि.को खाता नंम्बरमा जम्मा गरिएको समेत गरी कूल एक लाख ६२ हजार ७ सय ५० रुपैयाँ मिर्गौला पीडित खिम नेपालीलाई ससुरा बुबा एवं राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एस.बि.नेपाली मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो ।
साउदीको अलमराई कम्पनीमा कार्यरत शक्तिबल तामाङ र कमल बहादुर क्षेत्रीबाट २०० रियल,मधु पाण्डे,कमल बहादुर क्षेत्री,नारायण बस्नेतले १०० रियलका दरले आर्थिक सहयोग गर्नुभएको हो । त्यसैगरी बल बीर गुरुङ,रोशन गुरुङ,मान बहादुर पञ्चकोटी,जीतबहादुर चौधरीले ५० रियलका दरले आर्थिक सहयोग गर्नुभएको हो ।
अलसाफी कम्पनीमा कार्यरत बिनोद राईले ६५० रियल,मदन कुमार मगरले २५०,ओमलाल श्रेष्ठबाट ५० रियल सहयोग प्राप्त भएको छ भने अलनाडामा कार्यरत रमेश परियारबाट १५० रियल र ऋषिङ–८ घरभएका रामबहादुर नेपालीले ३२५० रियल समेत गरी गरी कूल संकलन भएको ५२५० रियल नेपाली रु.एक लाख ६२ हजार सात सय ५० पीडित परिवारलाई प्रदान गरिएको हो ।