युनाइटेड ईस्लामिक युवा क्लब शुनपाको नयाँ कार्य समिति

  • ख-
  • ख+

दुलेगौंडाः युनाईटेड इस्लामिक युवा क्लब शुनपा–५ को पूनर्गठित नयाँ कार्यसमिती चयन भएको छ ।
भाद्र २८ गते बसेको क्लबका पुर्वअध्यक्ष कलिमदिन मियाँको अध्यक्षतामा बसेको विशेष अधिवेशनले क्लबको नयाँ समिति चयन गरेको हो ।

२०४९ सालमा पहिलो पटक स्थापना गरिएको बिस्मिल्ला युवा क्लब, २०५३ मा अहले सुन्नत युवा क्लब हुँदै हालमा युनाईटेड इस्लामिक युवा क्लबको रूपमा रहेको यो क्लब तनहुँ जिल्लाका पुरानो क्लबहरु मध्येको एक हो ।

स्वदेशमा रोजगारको अभावको कारण युवाहरु वैदेशिक रोजगारमा पलायन हुनुपर्ने बाध्यताले क्लबले सोचे अनुसार काम गर्न नसकेको क्लबका पूर्व अध्यक्ष समेत रहेका टोल विकास समिती गल्छिनाका अध्यक्ष सम्सुदिन मियाँले बताए।

दिगो रुपमा युवाहरुलाई स्वदेश मै रोक्न स्वरोजगारको अवस्था सिर्जना गरी समाजिक विकासमा युवाहरुलाई परिचालन गर्न सक्ने हो भने समाज र देशमा स्थायित्व कायम रहने नेपाल मुस्लिम समाज सेवा समिति शुक्लागण्डकीका अध्यक्ष जुम्मदिन मियाँले बताए ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष समेत रहेका क्लबका संस्थापक सचिव करीम बक्स मियाँको विशेष पहलमा युनाईटेड इस्लामिक क्लबको विशेष अधिवेशन आयोजना गरिएको थियो ।
भेलाले अमिरदिन मियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा स्वास्थ्यकर्मी हमिदा मियाँ, सचिवमा जावेद अख्तर, सहसचिवमा सेहजान मियाँ, कोषाध्यक्षमा हलीमा खातुन, सहकोषाध्यक्षमा रुकैया खातुन चयन भएका छन् । सदस्यहरुमा समीर मियाँ, तपसीर खान, मुबारक अली, अमजत खान चयन भएका छन् ।
क्लबको सलाहकार संयोजकमा कलीम दिन मियाँ चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी