नेपाली कांग्रेस व्यास नगर अधिवेशनः सचिवमा लड्ने पुरीको घोषणा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास २ का पूर्व सचिव सुरेश पुरीले व्यास नगर सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

दमौली न्यूजसँग कुराकानी गर्दै उनले आसन्न अधिवेशनमा नगर सचिव पदमा उम्मेदवारीका लागि शुभचिन्तकबाट सुझाव आएको भन्दै आफूले त्यसैअनुसार उम्मेदवारी दिने घोषणा गरे ।

वडा समितिमा एक कार्यकाल कोषाध्यक्ष र लगत्तै सचिवको कार्यभार सम्हालेका पुरी तनहुँ उद्योग वाणिज्य संघको जिल्ला कार्य समितिमा दुई कार्यकाल रहिसकेका छन् । जेसिआई व्यास नगरको समेत अध्यक्ष रहिसकेका उनी विभिन्न सामाजिक संस्था तथा व्यवसायिक प्रतिष्ठानमा समेत आवद्ध छन् ।

पुरीले राजनैतिक तथा सामाजिक संघ संस्थामा रहेर सिकेको नेतृत्व अनुभव पार्टीको व्यास नगर संगठन निर्माणमा लगाउने बताए । ‘जेसिजबाट सिकेको नेतृत्व सीप र विभिन्न ठाउँबाट प्राप्त अनुभव पार्टीको संगठन निर्माणमा लगाउनेछु,’ उनले भने ।

कांग्रेसले आगामी चुनाव तथा भावी दिनमा नेतृत्व बलियो बनाउन युवा सहभागीता बढाउनुपर्ने भन्दै आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्