के सेतीमा बेपत्ता युवतीले आत्महत्या गरेकी हुन् ? (एक्सप्लेनर)

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकीको सेती नदीमा टिक टक बनाउने क्रममा खसेकी भनिएकी युवतीले आत्महत्या प्रयास गरेको आशंका गरिएको छ ।

शुक्ला ८ लालिम माईत भै भिमाद १ घर भएकी १९ वर्षिया पवित्रा लम्साल नदीमा खसेर बेपत्ता हुनुअघि खिचिएको र हाल सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भाईरल एक भिडियोमा उनका साथीहरुले नदीमा नजान आग्रह गरेको सुनिएको छ ।

त्यसको केही सेकेण्डमै उनी नदी नजिकैको रक गार्डेनको ढुंगाबाट दृश्यमा हराएकी छन् । त्यही पछि उनी नदीमा खसेको ठानिएको छ ।

भिडियो खिच्ने युवतीले उनलाई नदीमा नजान भनेकी छन् । भिडियोमा पवित्रालाई लाछी भन्छन् भन्दै नदीमा नजान प्रेरित गरिएको छ ।

पाँच दिनअघि बिहे
पाँच दिन अघि बिहे भएकी पवित्रा दुरान फर्काउन माईत आएको ईलाका प्रहरी कार्यालय बेलचौताराका निरीक्षक ज्ञानबहादुर खड्काले बताए । ‘दुरान फर्काउन आएकी रहिछन्,’ उनले दमौली न्यूजसँग भने,‘भिडियो हामीले पनि हेर्यौं । आत्महत्या प्रयास हो कि दुर्घटना अनुसन्धान भैरहेको छ ।’

प्रहरीको टोलीले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको छ । तर हालसम्म पत्तो लाग्न नसकेको खड्काले बताए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी