तनहुँका सिडिओको मन्त्री मनाङेको मन्त्रालयमा सरुवा

  • ख-
  • ख+

दमौलीः तनहुँका प्रमुख जिल्ला अधिकारी गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । सोमबार नै सरुवा भएको सूचना आए पनि मंगलबार उनको सरुवाको पुष्टि भएको हो ।

अब आचार्यले राजीव गुरुङ (दीपक मनाङे) मन्त्री रहेको युवा तथा खेलकुद मन्त्रालयको सचिवको रुपमा कार्यभार सम्हाल्नेछन् ।

तनहुँको प्रजिअको रुपमा यस अघि नै चर्चामा रहेका विपद् प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्याल आउने निश्चित बनेको छ ।

यो सूचना सोमबार नै सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।
सरल स्वभावका आचार्यले कडा मिजास अनि हक्की स्वभावका मन्त्री मनाङेसँग अब सहकार्य गर्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी