बाल दिवसमा रोटरीद्वारा विपन्न बालबालिकालाई पोशाक र शैक्षिक सहयोग

  • ख-
  • ख+

दमौलीः रोटरी क्लब अफ दमौलीले व्यास १३ तिवारीभञ्ज्याङका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर क्लबले विद्यालयका विपन्न पारिवारका बालबालिकालाई ट्रयाक–सुट, जुत्ता, मोजासँगै कापी र कलमलगायतका सामग्री पनि वितरण गरिएको क्लबकी सचिव बिना कैनीले जानकारी दिइन् ।

विद्यालयमा अध्ययनरत विपन्न परिवारका १८ बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

सदरमुकामको नजिकै भएर पनि बत्तिमुनीको अँध्यारो जस्तै अनुभूति दिलाउने उक्त विद्यालयको नाजुक अवस्थालाई मध्यनजर गर्दै रोटरीले सहयोग निरन्तर जारी राख्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष एवम् संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले रोटरीबाट प्राप्त सहयोगले वालवालिका र विद्यालय परिवारलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले भविष्यमा पनि विद्यालयलाई रोटरी क्लब दमौलीको सहयोग निरन्तर रहने प्रतिबद्वता जनाए ।

क्लबका पूर्व अध्यक्ष हरिसिं गुरुङले वाल दिवस मनाउनको उद्देश्य र सार्थकताका बारेमा प्रष्ट गर्दै बालबालिकाको उज्वल भविष्यको कामना गरे ।
कार्यक्रममा वडा सदस्य एकराज तिवारीले रोटरी क्लबले आफ्नै अगुवाईमा विद्यालयको आवश्यकता पहिचान गरी सहयोगको लागि पहलकदमी चालेकोमा आभार व्यक्त गरे ।

विद्यालयका प्रअ गजेन्द्रराज पन्तले विद्यालयले विस्तारै भौतिक पुर्वाधार तथा विद्यार्थी संख्या बढाउँदै लगेको भएपनि सन्तोषजनक उपलब्धी नभएको बताए ।

सचिव कैनीले रोटरी क्लबले सेप्टेम्बर महिनाभरी शिक्षा तथा साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु जारी राख्ने र सोही सन्दर्भमा बाल दिवसको मौका पारेर यस विद्यालयमा सहयोग गरेको बताइन् ।

दिवसकै अवसरमा क्लबले व्यास सामुदायिक सिकाइ केन्द्रका बालबालिकालाई खाजा, मास्क तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको सचिव कैनीले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी