टिकटक बनाउने क्रममा युवती सेतीमा बेपत्ता

  • ख-
  • ख+

दुलेगौंडाः टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा शुक्लागण्डकी ८ लालिमकी १९ वर्षिया पवित्रा लम्साल छन् ।

प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् ।

साथीभाईसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ । प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अन्ुसार युवती साथीहरुसँग गएकी थिइन् ।

नदीमा खसेर बेपत्ता हुनासाथ खोजी तीव्र पारिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी