
दमौलीः भोर्लेटार चोकमा आगो लाग्दा अवरुद्ध दमौलीको विद्युतसेवा नियमित बनेको छ । साँझ साँढे ५ बजेतिर तारमा आगो लाग्दा विद्युत अवरुद्ध भएको थियो ।
प्रहरीको सहयोगमा आगो निभाएपछि विद्युतसेवा नियमित बनेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पछिल्लो समय दमौलीका विभिन्न भागमा विद्युत तारमा आगलागीका घटना बढिरहेका छन् ।

गत असारमा सफासडकमा समेत तारमा ठूलोस्तरको आगलागी भएको थियो । समयमै सूचना पाएकाले आगो निभाइंदा थप क्षति हुन पाएको थिएन । पोलमा धेरै तार जेलिनु र गुणस्तर कम हुनाले आगलागी बढिरहेको बताइन्छ ।