तनहुँमा एकै दिन तीन हाकिमको सरुवा, तनहुँ हाइड्रोमा किरणकुमार, प्राधिकरण प्रमुख पनि फेरिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा एकै साथ तीन कार्यालयका प्रमुख फेरिएका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सरुवा भएकै दिन तनहुँ जलविद्युत आयोजनाको प्रमुख पनि फेरिएका छन् भने विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख पनि बदलिएका छन् ।

तनहुँ जलविद्युत आयोजनाको प्रमुखका रुपमा अब ११ औं तहका किरणकुमार श्रेष्ठले सम्हाल्नेछन् । उनी यस अघि नै सो पदमा आउने आँकलन गरिएको थियो । तर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यस अघिका प्रमुख थिकेलाई एक तह बढुवा गरेर अनुगमन योजना तथा सूचना प्रविधि निर्देशनालयको उप कार्यकारी निर्देशकमा लगेका छन् ।

सरकार बदलिनसाथ आयोजना प्रमुख थिके बदलिने चर्चा चलेको थियो । आफ्नो कार्यकालमा अन्यौलग्रस्त प्राधिकरणलाई अघि बढाए पनि सत्ताधारी दलको प्रभावमा परेको भन्दै उनको आलोचना भने भएको थियो । थिकेकै पालामा आयोजनाको हालसम्मकै अधिक प्रगति भने भएको छ ।

विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख पनि परिवर्तन
प्राधिकरणले देशैभर एकैसाथ वार्षिकोत्सवकै दिनमा गरेको सरुवामा
तनहुँ वितरण केन्द्रका सोबितबहादुर क्षेत्री पनि परेका छन् । उनको ठाउँमा अब कालिकोटबाट मेखराज जोशी आउनेछन् भने क्षेत्रीलाई कालिगण्डकी करिडोर प्रसारण लाइन पर्वत सरुवा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी