के प्रदीप पौडेलले तेश्रो धार समात्लान् ? तनहुँमा के होला पोजिसन?

  • ख-
  • ख+

दमौलीः केन्द्रमा तेश्रो धारको प्रतिनिधित्व गर्ने कृष्णप्रसाद सिटौलासँग लामो समय निकट देखिएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले फेरि महामन्त्री उम्मेदवारी घोषणा गरेका छन् ।


एउटै पदमा युवा समूहका गगन थापा र विश्वप्रकाश शर्मासमेत उम्मेदवार हुन लागेको अवस्थामा पौडेल पनि दौडमा थपिने देखिएको छ । तर साविकमा निकट र एउटै धारमा रहेर राजनीति गरिरहेका गगन थापा अहिले गैरसंस्थापन (पौडेल) समूहको भेलामा देखिए
पछि त्यसलाई उनी सिटौला समूहमा नरहने रुपमा समेत अथ्र्याइएको छ ।

यसै प्रसंगमा पौडेलले एक अनलाईनलाई दिएको अन्र्तवार्तामा आफू तेश्रो धारको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने बताउनुले उनी सिटौला समूहकै उम्मेदवार हुने कुरामा बल दिएको छ ।
तर यसको सोझो असर तनहुँमा कसरी पर्ला ? विभिन्न कोणबाट अड्कलबाजी हुन थालेको छ ।

तनहुँमा के होला पोजिसन ?
विगत केही वर्षयता तनहुँको राजनीतिमा प्रदीप पौडेल जिल्लाको पौडेल धारसँग रहेर काम गरिरहेका छन् । जिल्ला चुनावहरुमा सोही समूहसँग पौडेलको सहकार्य रहिआएको छ । यसपाली जिल्लामा पौडेल पक्षीय र पौडेलइतर धार निर्माण भैरहँदा प्रदीप पौडेलले केन्द्रमा तेश्रो धारमा रहेको बताइरहेका छन् । तर जिल्लामा भने उनले लिने पोजिसन वरिष्ठ नेता पौडेलसमूह निकट नै हुने देखिन्छ ।

भण्डारीलाई रोक्न पौडेलसँग सहकार्य

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनवा लड्ने योजना बनाएका पौडेलका लागि विगतमा चुनाव लडेका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रभाव कम गर्न पनि भण्डारीइतर समूहसँग सहकार्य गर्नुपर्ने बाध्यता छ ।


तर शुक्ला ८ मा देखिएको विवादका कारण स्थानीय नेता कार्यकर्ता पौडेलसमूह निकट मानिने जिल्ला प्रवक्ता महेश्वर भट्टराईसँग टाढा रहन चाहनुले केही जटिलता भने थपिने देखिन्छ ।

आफ्नो ठाउँ सुरक्षि गर्न र प्रमुख प्रतिष्पर्धी भण्डारीको प्रभाव कम गर्न उनी पौडेलसमूहसँग सहकार्य गर्ने मनस्थितीमा पुगेको निकट श्रोत बताउँछ ।

तर त्यसमा शुक्ला ८ को विवाद कुन रुपमा टुंगिन्छ, त्यसले पनि केही भूमिका भने खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी