मृगौलापीडितलाई तनहुँ समाज हङकङको साढे ४ लाख सहयोग

  • ख-
  • ख+

दमौलीः मृगौला फेल भएका दुई व्यक्तिलाई तनहुँ समाज हङकङले चार लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ऋषिङ गाउँपालिका वडा नं ८ पल्ट्याङ्ग निवासी दुवै मृगौला फेल भएका व्यक्तिलाई समाजले खैरेनीटारमा बोलाएर आर्थिक सहयोग गरेको हो ।

आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगिरहेका ४१ वर्षीय लुमबहादुर रिमाली र ३६ वर्षीय खिमबहादुर नेपालीलाई आर्थिक सहयोग गरिएको समाजका सचिव सुबित गुरुङले जानकारी दिए ।
नेपालीलाई २ लाख७४ हजार २ सय र रिमालीलाई १ लाख ८२ हजार ८ सय रुपैयाँ सहयोग गरिएको थियो ।

उनीहरुको नियमित डायलसिससँगै उपचारमा रकम अभाव भएको खबर स्थानीय टोलबहादुर थापाले हङकङमा रहेकाआफ्नादाई लालबहादुर थापालाई बताएपछि उनको सक्रियतामा हङकङमा रहेका नेपालीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै पूर्व अध्यक्ष गुरुङले विगतदेखि नै दुःख पीडामा समाजले मलम लगाउने काम गर्दै आएको बताए । विदेशमा रहेर पनि समस्यामा परेकालाई सघाउन पाउँदा खुशी लागेको उनको भनाई छ । उनले प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।

गण्डकी मेडिकल कलेज पोखरामा डायलसिस गर्दै आएका नेपालीले मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेकाले रकमले ठुलो राहत महसुस भएको बताए । दमौली अस्पतालबाट विगत पाँच वर्षदेखि डायलसिस सेवा लिंदै आएका रिमालीले पनि उपचारमा सहयोग पुग्ने भन्दै रकमप्रति आभार व्यक्त गरे ।
समाजले समस्यामा परेका व्यक्तिलाई सघाउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी