कुल–केशवसँगै सार्वजनिक मञ्चमाः ‘मिलेरै सक्षम नेतृत्व स्थापित गर्छौं’

  • ख-
  • ख+

काठमाडौंः गैर आवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वका आकांक्षी कुल आचार्य र डा. केशव पौडेल एकै मञ्चमा उपस्थित हुँदै एनआरएनलाई पारदर्शी र बलियो संस्था बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्षका प्रत्यासी आचार्य र महासचिव उम्मेदवार डा. पौडेलले राजधानीमा तनहुँवासी पत्रकारहरुले आयोजना गरेको एक पत्रकार भेटघाटमा बोल्दै साझा धारणा र एजेण्डा लिएर अघि बढेको बताए ।

औपचारिक रुपमा टिमसहित गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुवर २० मा हुने १० औ महाधिवेशनका लागि चुनावी मैदानमा अघि बढ्ने तयारी गरेका दुवैले आफूहरुले उठाएको गैरआवासीय नेपालीको नागरिकताको विषय यसपाली पुरा गर्न पनि नेतृत्व दौडमा होमिएको बताए ।


गैरआवासीयलाई नागरिकता प्राथमिकता

कार्यक्रममा अध्यक्ष प्रत्यासी कुल आचार्यले आफूहरुको चाहना गैरआवासीय नेपालीले मूलुकमै थप लगानी र समय बिताउन वातावरण तयार पार्नु रहेको भन्दै त्यसका लागि नागरिकता दिलाउने अभियानलाई सफल पार्नुपर्ने आवश्यकता औंलाए ।

लामो समयदेखि एनआरएनएलाई सामाजिक रुपमा काम गर्नुपर्छ भनेर लागिरहेको भन्दै आचार्यले गैरआवासीय नेपालीको हकहितका लागि धेरै काम गर्ने वातावरण तयार पार्ने बताए ।


आचार्यले आफ्नो नेतृत्वले विदेशमा रहेका ६० लाख नेपालीका आ–आफ्ना समस्या पुरा गर्नुपर्ने आवश्यकता रहेको बताए । तर यसका लागि संस्था आफ्नो पकडमा राख्न खोज्ने समूहले गर्दा जटिलता देखिएको बताए ।


महासचिवका प्रत्यासी डा.केशव पौडेलले गैरआवासीय नेपाली मूलुकको विकासमा बढी नै चिन्तित र रचेत रहेको भन्दै नागरिकताको विषय भावनासँग पनि जोडिएको बताए । ‘हामी नेपालीले कमाएको पैसा र सीपबाट मूलुक लाभान्वित होस् भन्ने चाहन्छौ,’ उनले भने,‘हामीले संविधानमा व्यवस्था गरेका छौं । र, अब नेतृत्वमा पुगेमा स्थापित पनि गराउँछौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी