
दमौलीः तनहुँ भानु घर भै हाल साउदी अरेबियामा क्रियाशिल पुरुषोत्तम खनाल नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग सदस्यमा मनोनित भएका छन् ।
विभाग संयोजक एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको सिफारिसमा पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति साउदी अरबका संस्थापक सल्लाहकार समेत रहेका खनाललाई विभाग सदस्यमा मनोनित गरेका हुन् ।

पार्टीको १४औं महाअधिवेशन प्रतिनिधि समेत रहेका खनाल विभिन्न सामाजिक संघ संस्था तथा कांग्रेस सम्बद्ध संस्थामा सक्रिय छन् ।