अखिल क्रान्तिकारीमा मिलन महत

  • ख-
  • ख+

दमौलीः माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी तनहुँ जिल्ला समितिको अध्यक्षमा मिलन महत सर्वसम्मत चयन भएका छन् ।

आईतबार दमौलीमा सम्पन्न २२ औं जिल्ला सम्मेलनले महतको नेतृत्वमा ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीका उपाध्यक्षमा नवराज विक, सुस्मिता केसी, विजय अछामी, आशिष बसौल ाचयन भएका छन् ।

यसैगरी, सचिवमा कमल गुरुङ, प्रमिला पाटा, सह सचिवमा स्वस्तिका धिताल तथा कोषाध्यक्षमा सीता बराल चयन भएका छन् ।

संगठनका केन्द्रीय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यमा भएको सम्मेलनको उद्घाटनमा माओवादी नेतृ आशा कोईराला, नेता मदन आले, राजेन्द्रकेशरी न्यौपाने, ओमकुमारी पौडेल, तत्कालीन अध्यक्ष डम्बर विकलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी