एमसीसी खारेज माग गर्दै दमौलीका युवाको शव यात्रा (तस्बिरहरु)

  • ख-
  • ख+

दमौलीः दमौलीका युवाले एमसीसी खारेजीको माग गर्दै शव यात्रा निकालेका छन् । दमौली युथ ब्यानरमा निस्किएका युवाले अनशन चौतारामा एमसीसीको प्रतिकको शव यात्रा निकाल्दै ट्राफिक चोकमा कोण सभा गरे ।

सभाका सहभागीले ‘एमसीसी हामीलाई चाहिंदैन, देश बेच्न पाईंदैन’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’, ‘एमसीसी मुर्दाबाद’ लगायतका नारा लगाएका थिए ।

आयोजकमध्येका एक सागर घिमिरेले राष्ट्रलाई घात हुने हिसाबले सम्झौता हुन लागेकाले बिरोध गरिएको बताए । अर्का सहभागी उज्वल भट्टराईले जनस्तरमा विरोध हुँदा पनि सम्झौता अघि बढ्न लागेकाले दबाब दिएको बताए ।

सहभागी मोहम्मद गफारले आगामी दिनमा पनि विभिन्न चरणका बिरोध कार्यक्रम गरिने भन्दै सम्झौता खारेज नहुँदासम्म चुप नलाग्ने बताए ।

स्वतःस्फूर्त सामाजिक सञ्जालका माध्यमबाट जोडिएका युवा कार्यक्रममा सहभागी बनेको आयोजकले जनाएको छ । यसअघि पनि दमौलीका युवाले विभिन्न किसिमका आन्दोलनमा दमौली युथको ब्यानरमा सहभागीता जनाउँदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी