
काठमाडौं: शनिबारदेखि सोमबारसम्मै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेससहित केही भागमा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले असोज ५ गतेसम्मको मौसमलाई यसरी पूर्वानुमान गरेको छ ।
असोज ३ गते (शनिबार)
दिउँसो ः देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राती ः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज ४ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती ः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असोज ५ गते (सोमबार)
दिउँसो ः देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती ः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।