कांग्रेस अधिवेशनः व्यास नगर सचिवमा लड्ने नगेन्द्र पौडेलको घोषणा

  • ख-
  • ख+

दमौलीः युवा नेतृत्व स्थापित गर्न भन्दै नेपाली कांग्रेस व्यास नगर समितिको सचिव पदमा लड्ने युवा नगेन्द्र पौडेलले घोषणा गरेका छन् ।

व्यवसाय र सामाजिक काममा समेत सक्रिय उनले दमौली न्यूजसँगको कुराकानीमा आफू कांग्रेस व्यास नगर समितिको सचिवमा लड्ने घोषणा गरेका हुन् ।

‘कांग्रेस वृद्ध र युवा सबैको साझा पार्टी हो,’ उनले भने,‘युवाको माझ पनि लोकप्रिय र बलियो संगठन बनाउन मेरो उम्मेदवारी हो ।’
२०५६ सालयता पार्टीमा निरन्तर क्रियाशिल बताउने पौडेल जिम्मेवारीमा नरहेर लामो समय सेवा गरेकाले अब भने नेतृत्व लिने सोचमा रहेको बताउँछन् ।

आफूलाई अग्रज र युवा दुवैको साथ रहेको भन्दै चुनाव जित्ने विश्वास उनमा छ । ‘म सबैको प्रतिनिधित्व गरेर सक्षम नेतृत्व स्थापना गर्नेछु,’ उनले भने ।

पौडेलले ‘सबल र सक्षम युवा नेतृत्व’ नारा लिएर मैदान तय गरेका छन् ।

यस अघि क्षेत्रीय प्रतिनिधिमा दाबेदारी दिएका आफूलाई नगर पदाधिकारीमा लैजाने विषयमा पार्टी जिल्ला नेतृत्वले समझदारी गरेको पनि उनी बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी