कम्प्युटर एसाेसियसन द्वारा कर तालिम

  • ख-
  • ख+

दमौली: कम्प्युटर एसाेसियसन नेपाल महासंघ तनहुँकाे १ दिने कर सम्बन्धि तालिम शनिबार टास्क भिलेज गार्डेन रेस्टुरेन्ट एण्ड लजमा सम्पन्न भएको छ ।

तालिमको कम्प्युटर एसाेसियसन गण्डकी प्रदेशका अध्यक्ष तुलसी पाण्डेले पानसमा बत्ती बालेर उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै पाण्डेले तालिम निकै प्रभावकारी हुने र यसले ब्यबसायिलाइ फाइदा पुग्ने बताए ।

तालिमको प्रशिक्षक अमृत रिजाल , राजमणि पाेख्रेल , सहजकर्ता अच्युत भण्डारी लगायतले प्रशिक्षण दिएका थिए । टिकाराम पनेरूकाे अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय हाेटल संघका बरिस्ठ उपाध्यक्ष बिकास खनाल , पत्रकार समुन्द्र पाैडेल , बिश्व प्रकाश भुसाल , लालबहादुर थापा लगायतका बक्ताहरूले बाेलेका थिए ।

तालिममा जिल्लाभरका करिब ५० जनाको सहभागीता रहेको अध्यक्ष टिकाराम पनेरूले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी