रहेनन् उस्मान, अस्तायो सपना

  • ख-
  • ख+

दमौलीः निकै नै दुर्लभ मानिएको रोग एसएमएबाट थलिएका दुलेगौंडाका नौ महिने बालक उस्मान अलिलाई बचाउने सैयौं सुभेच्छुकको प्रयास असफल भएको छ ।

राजधानीको एक अस्पतालमा रहेका र उपचारको खोजीमा रहेका उनको गएराती निधन भएको पत्रकार करिमबक्स मियाँले दमौली न्यूजलाई जानकारी दिए ।

विश्वमै दुर्लभ रोगको उपचारका लागि झण्डै ३५ करोड लाग्ने देखिए पनि स्वदेश तथा विदेशमा उनको उपचारका लागि उस्मान उपचार सहयोग अभियान थालिएको थियो । तर उपचारको जोहो हुँदै गर्दा उस्मान भने यस संंसारबाट बिदा भएका छन् ।

शुक्ला ५ का उनको सोही ठाउँमा ईस्लामिक परम्पराअनुसार शनिबार अन्त्येष्टि गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी