जन्मदिनमा ऋषिङ उपाध्यक्ष थापाद्वारा दुई जेहेन्दारलाई छात्रवृत्ति घोषणा

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले गाउँपालिकाका दुई विपन्न तथा जेहेन्दार बालबालिकाको एक वर्षको अध्ययन खर्च प्रदान गर्ने घोषणा गरेकी छन् ।


शनिबार परेको आफ्नो जन्मदिनका अवसरमा थापाले ऋषिङ्ग–१ स्थित शुक्ला मावि र ऋषिङ–८ स्थित शिव सरस्वती माविमा एक एक जना गरी दुई विद्यार्थीलाई छात्रवृत्ति दिने घोषण गरेकी हुन् ।

दमौली न्यूजसँग कुराकानी गर्दै उनले विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको एक वर्षसम्म लाग्ने लाग्ने सम्पुर्ण शुल्कसँगै आवश्यक स्टेशनरी पोशाक लगायतको सम्पूर्ण खर्च विद्यालयलाई उपलब्ध गराउने जानकारी दिइन् ।

‘जन्मदिनमा पार्टी र अरु भोजभतेर गर्नुभन्दा त्यो खर्चमा थप गरे नसक्नेले शिक्षाको उज्यालो पाउँछन् भनेर यस्तो निर्णय गरेको हुँ,’ उनले भनिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी