जर्मनीका प्रधान जनसम्पर्क विभाग सदस्य

  • ख-
  • ख+

दमौलीः हाल जर्मनीको ह्याम्बर्गमा रहेर सामाजिक क्षेत्रमा सक्रिय तनहुँका सुरेन्द्र प्रधान नेपाली कांग्रेसको जनसम्पर्क समन्वय विभाग सदस्य मनोनित भएका छन् ।

विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानलाई विभागको आमन्त्रित सदस्यमा मनोनयन गरेका हुन् ।
डेढ दशकयता जर्मनीमा एनआरएनए अभियानमा सक्रिय प्रधान यस अघि आईसीसी सदस्य रहिसकेका छन् ।

उनी जनसम्पर्क समिति जर्मनीका समेत संस्थापक सदस्य हुन् । व्यवसायसँगै सामाजिक सेवा अघि बढाइरहेका उनी जनसम्पर्क समिति जर्मनीको सभापतिका आकांक्षीसमेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी