कांग्रेस महाधिवेशन : मिति फेरिएपछि सेलायो महोल

  • ख-
  • ख+

दमौलीः एकाएक गरमागरम बनेको तनहुँको चुनावी माहोल फेरि सेलाएको छ ।
पार्टी पदाधिकारी बैठकले वडा अधिवेशन समेत हुन नसकेका जिल्लाहरुलाई ध्यानमा राख्दै गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।


भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ–नगरपालिका अधिवेशन असोज ९ गते, असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते, असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १३ गते हुने गरी निर्णय पार्टीले गरेको छ ।


एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १६ का लागि हुने भएको छ । यस अघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो । क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका सवै जिल्लाहरुमा असोज ५ गते वडा अधिवेशन गरिने भएको छ ।


यसले एकाएक चुनावी प्रचार र घरदैलो समेतका लागि हिंडेका नेताहरुले केही दिन यात्राको गति घटाउने भएका छन् । केन्द्रीय चुनावका लागि भनेर गृहजिल्ला आएका केही दिन राजधानी फिर्ने तथा आइ नसकेकाहरु केही दिन ढिलान आउने देखिएको छ ।


भिडभाड र चहलपहल रहिरहने नेपाली कांग्रेस तनहुँको कार्यालयमा पनि मिति सारिएको समाचार आए पछि चहलपहल घटेको पाइएको छ । तर पनि चिया पसलहरुमा भने कांग्रेस अधिवेशनको बहस र छलफल भने निरन्तर चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी