एनआरएनए अधिवेशनः ओसेनिया संयोजकमा जोशीको उम्मेदवारी

  • ख-
  • ख+

काठमाडौंः एनआरएनए अधिवेशनको पूर्वसन्ध्यामा विभिन्न पदका लागि आकांक्षा व्यक्त गर्ने क्रम बढेको छ । यसै सन्दर्भमा अष्ट्रेलियाका एनआरएनए अभियन्ता दिनेशराज जोशीले ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

डेढ दशकयता एनआरएनए अभियानमा महत्वपूर्ण समय दिएको भन्दै उनले अझ केही काम गरेर यो समाज अनि आफ्नो मातृभूमि लाई म अझै केही दिन सक्छु भनेर ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएको बताए ।

‘सबै लाई उच्च सम्मान गर्दै म पनि उक्त पद मा सबल अनि सक्षम छु भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्,‘ तपाईंको सहयोग अनि सुझाव बिना यो पुर्ण हुदैन । तेसैले के म उक्त पद मा योग्य छु? यहाँ हरु को सुझाब को प्रतीक्षामा छु ।’

जोशीले ‘मेरो होइन हाम्रो अभियान, गुनासा, आलोचना, आजको आवश्यकता’ नाराका साथ एनआरएनएलाई साझा बनाउन सकिने बताएका छन् ।

अष्ट्रेलिया र आसपासका क्षेत्रका विभिन्न सामाजिक र एनआरएनए अभियानमा सक्रिय उनी यस अघि आईसीसी सदस्य, एनआरएनए अष्ट्रेलियाका सल्लाहकारसहित विभिन्न पदमा रहिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी