तीजमा महिला संघको मनोरञ्जनात्मक कार्यक्रम

  • ख-
  • ख+

दमौलीः नेपाल महिला संघले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मनोरञ्जनात्मक तीज विशेष रमाइलो नाचगान कार्यक्रम गरेको छ ।

व्यास ३ स्थित नवनिर्मित सार्वजनिक मञ्चमा आयोजित कार्यक्रममा संविधान सभासद रामचन्द्र पोखरेल प्रमुख अतिथि थिए ।

प्रदेश सभा सदस्यहरु डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलगायत नेताहरु कार्यक्रममा सहभागी थिए ।

महिला संघ तनहुँकी सभापति एवं जिल्ला समन्वय समिति तनहुँकी उप प्रमुख पवित्रा पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर तीज मनाएको बताइन् । ‘पोहोर पनि कोभिडका कारण कार्यक्रम गर्न सकिएन,’ उनले भनिन्,‘यसपाली सानो संख्यामा भए पनि मास्कसहित कार्यक्रम गरेका हौं ।’

महिलाहरुको हक, अधिकार र स्वतन्त्रताका लागि तीजको महत्व बढी भएकाले आफूहरुले कार्यक्रम गरेको उनले बताइन् । व्यास नगर आमा समूहको संयोजनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सबै पदाधिकारीसहित महिला नेतृहरु उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी