तीजमा झरी, भिडभाड नगर्न प्रशासनको आग्रह

  • ख-
  • ख+

दमौलीः नेपाली महिलाहरुको महान चाड तीज महिलाहरुले आज देशैभर मनाउँदैछन् । पर्वका अवसरमा महिलाले बिहानै ब्रत बसेर परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् ।


खुकुलो निषेधाज्ञा निरन्तर जारी गरेको प्रशासनले सामाजिक दुरी कायम गरेर मात्र चाड मनाउन आग्रह गरेको छ । प्रशासनले सार्वजनिक कार्यक्रम नगर्न तथा बढीमा २५ जना मात्र मापदण्ड पालना गरेर भेला हुन भनेको छ ।

तर सार्वजनिक तीज कार्यक्रम गर्न भने रोक लगाइएको छ । तीजकै दिन पारेर बिहानैदेखि वर्षा भएकाले यसले पर्वको रौनकमा भने प्रभाव पार्नेछ । तीज पर्वमा दमौली न्युजले चेली तीज टिक टक प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले तीजको भिडियो दमौली न्युजको आधिकारिक फेसबुक तथा भाईबर 9856041375 मा पठाउन सक्नेछन् । उत्कृष्टलाई पाँच हजार नगद पुरस्कार तय गरिएको छ ।

तस्बिरः फाईल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी