अन्तिम तयारीमा ‘टिम कुल’: महासचिवमा डा. केशव पौडेलसहित टिम घोषणाको तयारी

  • ख-
  • ख+

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलन मिति नजिकिंदै गर्दा कुल आचार्य नेतृत्वको समूहले तयारी तीव्र पारेको छ ।

राजधानीमा रहेका आचार्य र उनको समूहबाट महासचिव उम्मेदवार डा. केशव पौडेल दुवैले उम्मेदवारीको पूर्वसन्ध्यामा छलफल र तयारी व्यापक पारेका हुन् । राजधानीमा रहेका दुवैले एनआरएन अभियन्ताहरुसँग भर्चुअल तथा प्रत्यक्ष भेटवार्ता गरिरहेका छन् ।

टिमसहित नै चुनावी मैदानमा होमिने तयारी गरेका दुवैले त्यसका लागि सामूहिक गृहकार्य समेत गरिरहेका छन् । छलफलका आधारमा शुक्रबारसम्म टिम घोषणा गर्ने तयारी गरिएको छ ।

अध्यक्ष उम्मेदवार आचार्यले आफ्नो टिमबाट महासचिवमा डा. केशव पौडेल नै भएको भन्दै अरु पदहरुमा पनि सरसल्लाह गरेर उम्मेदवारी घोषणा गरिने बताए । ‘हामी अब टिम सार्वजनिक गरेर अघि बढ्ने तयारी छ,’ उनले भने ।

टिमले बलियो दाबेदारी प्रस्तुत गर्ने गरी सबै क्षेत्र समेटेर टिम ल्याउन लागेको महासचिव उम्मेदवार पौडेलले बताए । ‘सबै क्षेत्रका अनुभवी र सक्षम साथीहरुलाई समेटेर टिम घोषणा गर्ने अन्तिम तयारीमा छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्