क्यान्सरपीडित राधिकालाई थापा परिवारको ५ हजार सहयोग

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीकी क्यान्सरपीडित महिला राधिका खनाललाई दीर्घबहादुर थापा दम्पतीले आर्थिक सहयोग गरेका छन् ।

लामो समय देखि मेरूदण्डको क्यान्सर पीडित ५६ वर्षिय राधिका खनालको उपचार खर्च धेरै लाग्ने भए पछि राधिकाको छोरी सरिताले सहयोगको अपिलपछि थापा दम्पतीले सहयोग गरेका हुन् ।

व्यास नगरपालिका वडा नं २ अमरापुरी घर भएका दीर्घ थापा दम्पतीले नगद रू ५ हजार ५ रुपैयाँ दमौली न्युज डटकमका समाचार प्रमुख विकास खनाल मार्फत पीडित परिवारलाई बुझाएका हुन् ।

दमौली न्युजमा ‘म मेरो आमाको उपचार गरि आमालाइ बचाउन चाहन्छु , सहयोगको लागि अपिल’ भन्ने समाचार प्रकाशित भए पछि मानवीय सवेदनशिलता लाई हेरि सहयोग गरेको थापाले बताए ।


थापा दम्पतीले यस अघि पनि विभिन्न अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्दै आएको थियो । जिल्ला बिकास समितिको ईन्जिनियरबाट अवकाशप्राप्त थापा हाल विभिन्न सामाजिक काममा अग्रसर छन । थापा परिवारको सहयोग प्रति क्यान्सर बिरामी राधिकाकी छोरि सरिता खनालले आभार प्रकट गरिन् ।

आमाको उपचारका लागि सहयोग गरेकोमा भगवानले हेर्ने सरिताले बताइन् । थापा दम्पतीले जस्तै खनालको उपचारका लागि अहिले अन्य विभिन्न ब्यक्ति तथा संघसंस्थाहरूले पनि सहयोग जुटाउने क्रम जारी राखेका छन् ।

दमौली अस्पताल हुँदै बेलचौताराको जीपी कोइराला अस्पताल , शिशुवा अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार पश्चात् हाल पोखराको मेट्रोसिटि अस्पतालमा उपचार गराईरहेकी क्यान्सर बिरामी खनालको उपचारको लागि ठुलो रकम आवश्यक परेकाले अन्य सहयोगी मनहरूलाई पनि सहयोग गर्न सरिताले अपिल गरेकी छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी