
दमौली : नेवा मीसा दवु गण्डकी प्रदेशको अध्यक्षमा पुन : याेगिता श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । प्रदेशको हालै सम्पन्न अधिवेशनले दाेस्राे कार्यकालको लागि दमौलीकी याेगितालाई पुनः अध्यक्ष बनाएको हाे ।
नेवा मिसा दबुकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी याेगिता विभिन्न सामाजिक काममा सक्रिय छन्।
हालै सम्पन्न नेपाली काङ्ग्रेसको वडा अधिवेशनमा व्यास नगरपालीका वडा नं ३ काे उपसभापति, दमाैली खानेपानीको सदस्य लगायतका क्षेत्रमा श्रेष्ठले काम गरेकी छन् ।