व्यासमा ३ सहित ५१ संक्रमित

  • ख-
  • ख+

दमौली:व्यास नगरपालिकामा तीनसहित गण्डकी प्रदेशमा ५१ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरणले व्यास नगरपालिकामा तीन जनामा नयाँ संक्रमण भेटिएको देखाएको छ ।

संक्रमितमा व्यास ६ का ३३, ३९ र ६० वर्षका पुरुष छन् ।

यसक्रममा सबैभन्दा धेरै संक्रमित नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिकामा ३४ जना छन् । यसैगरी कास्कीको पोखरा महानगरपालिकाका १३ जना र स्याङजाको वालिङका एक जनामा संक्रमण भेटिएको पुष्टि भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी