तीजको उत्कृष्ट टिक टक भिडियो बनाउनेलाई दमौली न्यूजको ५ हजार पुरस्कार

  • ख-
  • ख+

दमौलीः कोरोना जोखिमका कारण विगत जस्तै यस वर्ष पनि तनहुँमा सार्वजनिक कार्यक्रम नहुने भएका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञामा रोक लगाइएकाले पनि यसपालीको तीज पनि तनहुँमा विगतजस्तै हुने भएको छ ।

तर महिलाहरुको महान पर्वको रौनकलाई भर्चुअल माध्यमबाट भए पनि निरन्तरताका लागि दमौली न्यूजले ‘दमौली न्यूज चेली टिकटक प्रतियोगिता’ आयोजना गरेको छ । तीजको रौनकलाई सामाजिक दूरीसहित घरबाटै मनाउनका लागि भन्दै दमौली न्यूजले पहिलो पटक तनहुँमा यस्तो प्रतियोगिता गर्न लागेको सम्पादक पवन पौडेलले बताए ।

उनका अनुसार उत्कृष्ट एक प्रतियोगीलाई नगद पुरस्कार पाँच हजारसहित गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । अर्को उत्कृष्टलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
सहभागी हुन चाहनेले तीजका क्रममा आफ्नो नाचलाई टिक टक भिडियो बनाएर दमौली न्युजको फेसबुक पेज तथा भाईबर र ईमेलमा पठाउन सक्ने प्रवन्ध गरिएको प्रवन्ध निर्देशक सुमन श्रेष्ठले बताए ।

चेली फेसन कल्चर र ज्वेलरीले मुख्य प्रायोजन गरेको प्रतियोगिताका लागि तनहुँ टेलिभिजनले प्रशारण सहकार्य गरेको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईसहित दमौलीको महिलाहरुको सहकारी सेतीमादी बचत तथा ऋण सहकारीले समेत यस कार्यमा सहकार्य गरेको छ भने विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गरिरहेका छन् ।

दमौलीमै पहिलो पटक भएको यस्तो प्रतियोगिताले स्वास्थ्य जोखिमकाबीच पनि घरबाटै मनोरञ्जनको सन्देश दिने चेलीका सञ्चालक समेत रहेका तनहुँ उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष कुमार मल्लले बताए ।

दमौली न्यूजले जोकोहीले पनि तीजको पोशाकसहित पठाइने बाहिर प्रकाशन नभएका भिडियोलाई यही भाद्र २५ गते शुक्रबारसम्म पठाउन अनुरोध गरेको छ । त्यसपछि निर्णायकाले भिडियोको निर्णयका आधारमा विजेता घोषणा गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी