
दमौलीः यही भाद्र २७ गते हुने पालिकास्तरीय अधिवेशनका लागि नेपाली कांग्रेसले निर्वाचन अधिकृत तोकेको छ ।
पार्टी पदाधिकारी बैठकले १० वटै तहको अधिवेशनका लागि संयोजक तोक्दै आवश्यक अभिमूखीकरण समेत गरेको पार्टी कार्यवाहक जिल्ला सभापति जितप्रकाश आलेले दमौली न्यूजलाई जानकारी दिए । उनका अनुसार सबै तहका अधिकृतहरुलाई जिल्ला निर्वाचन अधिकृत फणिन्द्र कोईरालाको उपस्थितमा प्रशिक्षण तथा अभिमुखीकरण गरिएको छ ।
पार्टीले व्यासमा भरत काफ्ले, भिमादमा चन्द्रप्रकास सुवेदी तथा शुक्लागण्डकीमा विजयराज पौडेललाई जिम्मेवारी तोकेको छ ।
यसैगरी, देवघाटमा केशवराज काफ्ले, बन्दीपुरमा दिपबहादुर खत्री, आँबुखैरेनीमा नारायणप्रसाद अधिकारी तथा भानुमा उपेन्द्र बिष्टलाई जिम्मेवारी तोकिएको छ ।
म्याग्देमा अशोकचन्द्र वाग्ले, घिरिङमा लक्ष्मीप्रसाद अधिकारी तथा ऋषिङमा विष्णुप्रसाद बराललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाइएको कार्यवाहक सभापति आलेले बताए । जिम्मेवारी प्रदान गर्दा नजिक र पायक पर्ने व्यक्तिलाई नै दिइएको उनले बताए ।
स्थानीय वडाको अधिवेशन सकिएसँगै पालिका अधिवेशनलाई लिएर कांग्रेस तनहुँमा कडा कसरत हुन थालेको छ । उठ्ने तथा विभिन्न पदका लागि दावेदारी गर्नेहरु समेतले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।
यसले वडा अधिवेशनलाई थप पेचिलो बनाउन थालेको छ । खासगरी व्यास नगरपालिकाको पार्टी सभापतिका लागि आकांक्षा व्यक्त गर्नेको लर्को नै लाग्न थालेको छ ।