‘कांग्रेस शुक्ला ८ को निर्वाचन रोकिएको बिन्दुबाट शुरु’

  • ख-
  • ख+

दमौलीः जिल्ला र देशभर चर्चामा रहेको नेपाली कांग्रेस शुक्ला ८ को अधिवेशन विवाद समाधान गर्ने कांग्रेस तनहुँले निर्णय गरेको छ । पार्टी सभापति बैकुण्ठ न्यौपानेको सभापतित्वमा बसेको पदाधिकारी बैठकले रोकिएकै बिन्दुबाट निर्वाचन प्रक्रिया थाल्ने निर्णय गरेको बैठक पछि कार्यवाहक सभापति जीतप्रकाश आलेले दमौली न्यूजलाई जानकारी दिए ।

तनहुँका ८५ मध्ये शुक्ला ८ को मात्र अधिवेशन हुन सकेको छैन । निर्वाचन प्रक्रिया शुरु हुनै लाग्दा केही कार्यकर्ताले निर्वाचनसम्बन्धी सामग्री लिएर हिंडेपछि अधिकृतले निर्वाचन स्थगित भएको घोषणा गरेका थिए ।

त्यसयता विवाद समाधानका लागि जिल्ला नेतृत्वले पटक पटक प्रयास गरे पनि समस्या समाधान हुन सकेको छैन । यसै सन्दर्भमा डाकिएको बैठकले रोकिएको ठाउँबाट प्रक्रिया थाल्न निर्देशन दिएको हो ।

कार्यवाहक सभापति आलेले त्यसो हुन नसके यस अघि परेको उम्मेदवारीका आधारमा मतदान अघि बढ्ने जानकारी दिए । ‘सहमति नभएमा मतदानमार्फत प्रक्रिया अघि बढ्छ,’ उनले भने । बैठकमा सोही वडाका बासिन्दा पार्टी जिल्ला प्रवक्ता महेश्वर भट्टराई समेत उपस्थित थिए । सो वडा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको वडा भएका कारण पनि धेरैले यस घटनालाई चासोपूर्वक हेरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी