
दमौलीः निजामति सेवा दिवसको अवसरमा तनहुँका सेवानिवृत्त २२ कर्मचारी सम्मानित भएका छन् ।
निजामति सेवा दिवस मूल समारोह समितिको आयोजनामा निजामति सेवा दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विभिन्न स्थानीय तहबाट सेवा अवकाश पाएका व्यक्तिहरुलाइ सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निजामती तथा विभिन्न क्षेत्रका कर्मचारीले राष्ट्रको आधार निर्माणमा भूमिका खेलेको बताए ।

कार्यक्रममा विभिन्न पेशागत संगठनका पदाधिकारी, जिल्ला समन्वय अधिकारी, विभिन्न स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुलगायतले बोलेका थिए ।
सम्मानितहरुले लामो समय सेवा गर्न पाएको भन्दै जागिरे जीवन स्मरण गरे ।

यसअघि दिवसका अवसरमा परिसम्वाद, वृक्षारोपणसहित तीन दिने कार्यक्रम गरिएको व्यास नगरपालिकाको शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।