तनहुँका सूर्य खनाल जनसम्पर्क विभाग सदस्य

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको जनसम्पर्क समन्वय समिति विभागमा सूर्य खनाल आमन्त्रित सदस्य मनोनित भएका छन् ।

तनहुँ व्यास ११ घर भै हाल अष्ट्रेलियामा जनसम्पर्क समितिमा सक्रिय खनाललाई विभागका प्रमुख एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईले आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।
नेपाल विद्यार्थी संघ हुँदै हाल जनसम्पर्क समितिमा सक्रिय खनाल अष्ट्रेलियामा विभिन्न सामाजिक संस्थामा आवद्ध छन् ।


पछिल्लो समय केन्द्रीय सदस्य भट्टराईले विभागको विस्तार अभियानलाई तीव्रता दिंदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी