दमौलीः कक्षा १२ को परीक्षा दिन लागेका व्यास नगरपालिकाका झण्डै दुई हजार विद्यार्थीलाई मंगलबार खोप दिइने भएको छ ।
यस अघि खोप लगाउन छुटेका तथा परीक्षाको तयारीमा रहेका एक हजार नौ सय ५४ जनालाई खोप दिइन लागिएको व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले दमौली न्यूजलाई जानकारी दिए ।
नगरपालिकाले सम्बन्धित विद्यालय वा नजिकको विद्यालयमा १८ वर्ष माथिका यस्ता विद्यार्थीलाई खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनेछ ।

व्यास नगरपालिकाका कक्षा १२ को पढाइ हुने १७ विद्यालयका विद्यार्थीले यस्तो सुविधा पाउनेछन् ।











