कांग्रेस वडा अधिवेशनः व्यास २ मा टुकबहादुर हमाल सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास २ को सभापतिमा टुकबहादुर हमाल सर्वसम्मत निर्वाचित भएका छन् ।

वडा अधिवेशन सहमतिका लागि स्थगित गरिएकामा पार्टी हाईकमाण्डले सभापतिका दुई आकांक्षी क्याप्टेन सुर्जकुमार मल्ल र हमालबीच सहमति गराएको हो ।

अधिवेशनबाट उप सभापतिमा रमेश गिरी र निर्मला मल्ल तथा सचिवमा भरतकुमार श्रेष्ठ र कृष्ण सुनारलगायत निर्वाचित भएका छन् ।

खुला तथा महिला र समावेसी सबै क्षेत्रीय प्रतिनिधि र पदाधिकारीमा सर्वसम्मति भएको नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि शिवहरि धितालले जानकारी दिए ।

मतदान नै हुने अवस्था आए पछि पार्टी नगर तथा जिल्ला नेतृत्वबीच सहमति भएको थियो । मल्ललाई उचित जिम्मेवारी दिने गरी व्यवस्थापन गरिएको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी