
दमौलीः व्यास नगरपालिका कमलबारी स्थित पृथ्वी राजमार्गमा एम्बुलेन्स दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश २–०४–००१प ०१४८ नं.को मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको ग१झ ४५८ नं.को एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मोटरसाईकल चालक जिल्ला धनुषा मिथिला नगरपालिका–१० बस्ने वर्ष ३९ को रबिन कोईराला, एम्बुलेन्समा सवार स्याङजाको बिरुवा गाउँपालिका–८ बस्ने वर्ष २३ को अनित कुमार विक, सोही ठाउँकी वर्ष ४० की मिठु कुमारी कामी र ८१ व्र्षिया जर्सी कुमारी कामी घाइते भएको र उनीहरुको चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।