नहुनेका लागि तीजमा लायन्सको लत्ताकपडा सहयोग

  • ख-
  • ख+

दमौलीः चाडबाडका बेला नहुनेका लागि पनि सघाउन भन्दै लायन्स क्लब अफ तनहुँ सत्यवती र लियो क्लब अफ तनहुँ सत्यवतीले लत्ताकपडा सहयोग गरेका छन् ।

तीज पर्वको पूर्वसन्ध्यामा लायन्स क्लब अफ तनहुँ दमौलीले स्थापना गरेको लायन्स कपडा बैंकमार्फत क्लबहरुले लत्ताकपडा सहयोग गरेका हुन् ।

लायन्स जोन ६० का जोन चियरपर्सन लायन राजकुमार श्रेष्ठ ‘राकु’को प्रमुख आतिथ्यमा लत्ताकपडा हस्तान्तरण गरिएको लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष बिमला श्रेष्ठले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी