
दमौलीः नेपाली कांग्रेस व्यास नगरका वडा अधिवेशनले नगरको सभापतिका रुपमा यस अघि आकांक्षा व्यक्त गरेका सबै व्यक्तिलाई क्षेत्रीय प्रनिनिधि निर्वाचित गरेको छ ।
धेरैमा सर्वसम्मत भए पनि केही वडामा मतदानमार्फत नै ती प्रत्यासीहरु क्षेत्रीय प्रतिनिधि हुँदै नगर सभापति उम्मेदवारको बाटोमा पुगेका हुन् । व्यास १ बाट सभापतिका प्रत्यासीहरु सूर्यचन्द्र हड्खले, डम्बर अधिकारी चुडामणि दाहाल सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भए ।
यसैगरी सभापतिका अर्का प्रत्यासी डा. शेषरमण न्यौपाने व्यास ६ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । त्यहाँ भने मतदानमार्फत नै क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो । यता, अर्का सभापति प्रत्यासी हरिदत्त पौडेल व्यास ९ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् ।
सभापति दावेदारी गरे पनि क्षेत्रीय प्रतिनिधि हुनै पर्ने विधानको बाध्यताका कारण त्यो मार्गमा असफल भएको भए आकांक्षीले यात्रा नै रोक्नुपर्ने अवस्था थियो । तर सबै क्षेत्रीय प्रतिनिधि निर्वाचित भए पछि आगामी भाद्र २८ मा हुने स्थानीय तह निर्वाचनमा उनीहरुका लागि नेतृत्व दाबेदारी गर्ने बाटो खुलेको छ ।