कांग्रेस वडा अधिवेशनः म्याग्दे १ मा विनोददत्त, सबै पदमा सहमति

  • ख-
  • ख+

दमौलीः म्याग्दे १ मा नेपाली कांग्रेसको वडा अधिवेशनले पुनः विनोददत्त खनालको अध्यक्षतामा सर्वसम्मत कार्य समिति निर्वाचित गरेको छ ।

वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा पनि सर्वसम्मत निर्वाचित गरेको छ । डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल म्याग्दे १ बाट निर्वाचित भएका छन् ।

यसैगरी, म्याग्दे गाउँपालिका प्रवक्ता शिवशरण वाग्ले, कांग्रेस गाउँ सभापति प्रत्यासी विनोद खनाल, युवा नेता चाम थापालगायत पनि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रदेखि जिल्ला र तहसम्म प्रभाव राख्ने नेताहरु भएकाले म्याग्दे १ को प्रतिनिधि चयनलाई धेरैले चासोपूर्वक हेरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी