एकिकृत समाजवादीमा शंकरनारायण (कहाँ कसलाई जिम्मेवारी ? )

  • ख-
  • ख+

दमौली: नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीको दमौलीमा सम्पन्न भेलाले साविक एमाले समानान्तर जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठको अध्यक्षतामा गठित तनहुँ जिल्ला कमिटीलाई रुपान्तर गरेको छ ।

कमिटीको सचिवमा श्रीराम कार्की छन्। तत्कालीन एमालेको व्यास नगर र जिल्लाकै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठको पार्टी प्रवेशले समाजवादीलाई फाइदा र एमालेलाई घाटा हुने टिप्पणी गरिएको छ ।

यस अघि श्रेष्ठलाई एमालेमै फर्काउन नेताहरुले अन्तिम समयसम्म पनि लबिङ गरेका थिए ।

पार्टी केन्द्रीय सदस्य केन्द्रीय सदस्य चुडामणि जंगली र प्रतापलाल श्रेष्ठको उपस्थितिमा सम्पन्न भेलाले यस अघि समानान्तर गठित जिल्ला, भ्रातृ संगठन तथा सबै एकाइलाई पार्टी कमिटीमा रुपान्तर गरेको सचिव कार्कीले दमौली न्यूजलाई जानकारी दिए।

सबै तहमा कमिटी

पार्टीको व्यास अध्यक्षमा मंगलप्रसाद श्रेष्ठ, भानु अध्यक्षमा ऋषि पन्थ, भिमाद अध्यक्षमा काजिमान श्रेष्ठ तथा शुक्लागण्डकी अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी , ऋषिङ अध्यक्षमा भुपाल आले, घिरिङ अध्यक्षमा दिपक खाती , देवघाट अध्यक्ष जगन्नाथ श्रेष्ठ, म्याग्दे अध्यक्षमा विष्णु श्रेष्ठ तथा आँबुखैरेनी अध्यक्षमा मुकुन्द अधिकारी चयन भएको सचिव कार्कीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी