कांग्रेस अधिवेशन: सभापतिमा दिलबहादुर सर्वसम्मत

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न वडाको अधिवेशनले व्यास नगरपालिका–१ को वडा सभापतिमा दिलबहादुर दरै सर्वसम्मत चयन भएका छन् ।


व्यासनगरपालिकाको सबैभन्दा ठूलो १ नम्बर वडाको सभापति दरैको नेतृत्वमा३३ सदस्यीय समिति गठन गरिएको छ । 
सभापति पदका लागि तीन कार्यवाहक बनेका सभापति मणिजङ्ग बस्नेत, उपसभापति दिल बहादुर दरै र सचिव हरिशरण खनालले उम्मेद्वारी दिएका थिए ।


त्यसैगरी क्षेत्रीय प्रतिनिधीमा ५६ र नगरमा महिला सहित तीन जना सर्वसम्वत चयन भएका छन् ।
विगतदेखि नै राजनीतिक रुपमा सक्रिय दरैले व्यवसायिक पृष्ठ भूमि सँगसँगै राजनीतिक, सामाजिक र व्यवसायलाई अघि बढाएका हुन् ।


वडाका विखण्डनमा रहेका विभिन्न पार्टीका सदस्यहरुलाई एकिकृत गरी अगाडि बढ्ने योजना सहित दरैले सभापतिमा उम्मेदवारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी