
दमौलीः नेपाली कांग्रेस व्यास ४ को वडा अधिवेशनबाट देवबहादुर गुरुङ सर्वसम्मत भएका छन् ।
यसपालीको वडा अधिवेशनअन्र्तगत व्यास नगरपालिकामा महत्वपूर्ण मानिएको व्यास ४ को अधिवेशनमा सभापति पदका दुई आकांक्षी सरोज भण्डारी र नारायण सापकोटाले उम्मेदवारी फिर्ता लिए पछि गुरुङ सभापतिमा सर्वसम्मत भएका हुन् ।
वडा अधिवेशनबाट सचिवमा मनोज राउत र अञ्जनराज न्यौपाने निर्वाचित भएका छन् ।
अधिवेशनअन्र्तगत बाँकी पदहरुमा पनि सहमति गरेर घोषणा गर्ने तयारी नेताहरुको छ ।
अहिले व्यास नगरपालिकाका धेरैजसो वडामा सहमतिको प्रयास जारी छ ।