यातायात अवरोध हट्यो

  • ख-
  • ख+

मुग्लिन: पहिरोको कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने र १४ किलोको पहिरो हटाएर यातायात सञ्चालन भएको छ ।

विहान पहिरो संगै आएको लेदो सडकमा जम्मा भएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

भरतपुर सडक डिभिजन कार्यालयको लोडरले प्रयोग पहिरो खसेको ३ घण्टामा दुवै तर्फ यातायात सञ्चालन भएको हो । केही दिनदेखि वर्षाका कारण पहिरो खस्ने र राजमार्ग अवरुद्ध भइरहने भएको हुँदा सडक डिभिजन कार्यालय भरतपुरले पहिरो छिटो हटाइ राजमार्ग सुचारु गराउन चारकिलो र सिमलतालमा मेशिनहरु राखेका छन् ।

उता चारकिलो, पाँचकिलो लगाएतका ठाउँहरुमा भने आज समस्या नभएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी